नेकपा एस पार्टी त्यागेका काठमाडाैंका नेताहरू एमाले मै फिर्ता, को-को फर्किए एमालेमा ? (सूची)
थानकोट ।
नेकपा एकीकृत समाजवादी काठमाडौं जिल्ला कमिटी उपाध्यक्ष बटुकृष्ण थापा र सचिव ध्रुवराज न्यौपानेलगायतका नेता–कार्यकर्ता नेकपा एमालेमा नै फर्किएका छन् ।
मंगलबार सो पार्टी परित्याग गरेका नेताहरू बुधबार पुरानै पार्टी नेकपा एमालेमा फर्किएका हुन् ।
एमालेमै फर्किएका नेताहरुललाई नेकपा एमाले बागमती प्रदेश इञ्चार्ज राजन भट्टराई, काठमाडौं जिल्ला इन्चार्ज आनन्द पोखरेललगायतका नेताहरूले पार्टीमा स्वागत गरेका छन् ।
नेकपा एस पार्टीका एक सय बढी नेता कार्यकर्ता नेकपा एमालेमा फर्किएको एमाले स्थायी कमिटी सदस्य समेत रहेका भट्टराईको दाबी छ ।
एकीकृत समाजवादीमा पदाधिकारी र पोलिटब्युरो सदस्य चइन भइरहँदा काठमाडौं अधिकांश नेताहरूले सो पार्टी परित्यागको घोषणा गरेका थिए ।
एकीकृत समाजवादी पार्टीले विद्रोहको औचित्य पुष्टि गर्न नसकेकोले आफूहरू पुरानै पार्टीमा फर्किएको पार्टी परित्याग गर्नेहरूको भनाइ छ।










