कार्यकर्तालाई सामान्य ज्ञान दिएर राजनीतिमा लगाउन प्रधानमन्त्रीलाई मेयर बालेनको सुझाव !

Thankot Times

थानकोट ।

काठमाडाैं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले सामाजिक सञ्जालमा लेखेका विषयले राम्रै चर्चा पाएको छ । सोमबार दिउँसो महानगरप्रमुख शाहले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई जवाफ फर्काएका छन् ।

लुम्बिनी प्रदेशकी एमाले सांसद रेखा कुमारी शर्माले आफूले गरेको कसुरमा जेल जान सक्ने सम्भावना देखेर आफू छलिन र जोगिन आफैं सर्वोच्च र उच्च अदालतमा मुद्दा हाल्दै हिँडेको बताएका छन् । साथै उनले उक्त मुद्दा हार्ने समेत दाबी गरेका छन् ।

‘महानगरले उनीविरुद्ध हालेको मुद्दा त प्रहरीले अनुसन्धान अघि बढाएकै छैन, अदालतमा प्रवेश गरेकै छैन र हामीले उठाएको कुरा नै त्यही नै हो कि उनले गरेको कसुर बमोजिमको कसुर बमोजिमको कारबाही अघि बढ्नुपर्छ’, मेयर शाहले सामाजिक फेसबुकमा लेखेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *