आईसीसी विश्वकप लिग-२ मा नेपालको हारको सिलसिला जारी, क्यानडासँग ५ विकेटले पराजित
थानकोट ।
नेपाल आईसीसी विश्वकप लिग- २ अन्तर्गत जारी सिरिजमा लगातार तेस्रो खेलमा पराजित भएको छ ।
गएराती सम्पन्न खेलमा नेपाल घरेलु टोली क्यानडासँग ५ विकेटले पराजित भएको हो ।
नेपालले दिएको १८२ रनको लक्ष्य पछाएको क्यानडाले ४२ ओभरमा ५ विकेट गुमाउँदै सो लक्ष्य पुरा गरेको थियो ।
यस अघि टस जितेर पहिला ब्याटिंंग गर्दै नेपालले ४६.१ ओभरमा अल आउट हुनुपूर्व १८१ रन बनाएको थियो ।
यस सिरिजमा नेपालको ब्याटिंंग लगातार फ्लप हुँदै आएको छ ।
यस खेलमा नेपालले आफ्ना शीर्ष क्रमका ५ ब्याट्सम्यान केवल ३६ रन बनाएर गुमाएको थियो ।
यो जितपछि क्यानडा लिग-२ को अंक तालिकामा शिर्ष स्थानमा उक्लिएको छ ।
क्यानडाको ११ खेलमा १४ अंक भएको छ ।
नेपालले भने ७ खेलमा एक जित र ६ हार बेहोरेको छ ।















