प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेकपा एमालेका तर्फबाट ५० लाख सहयोग

Thankot Times

थानकोट ।

सत्तारुढ दल नेकपा (एमाले)ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्न ५० लाख रुपैयाँ हस्तान्तरण गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहितको टोलीले उक्त रकमको चेक हस्तान्तरण गरेको हो ।

त्यस क्रममा प्रधानमन्त्री ओलीले साझा दायित्व सम्झिएर विपद्को सामना गर्नुपर्ने र यसको अगुवाइ सरकारले गर्ने बताए ।

तीनै तहका सरकार र राज्यका निकाय परिचालित भएर विपद्को सामना भइरहेको उनले उल्लेख गरे ।

यही असोज १५ गते बसेको एमाले सचिवालय तथा संसदीय दलको बैठकबाट उक्त कोषमा ५० लाख र सांसदहरूको आधा महिनाको तलब बराबरको रकम बेग्लै प्रदान गर्ने निर्णय गरिएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *