काँधमा मोटर बोकेर थानकोट ल्याइएको ऐतिहासिक पदमार्ग भोलि बुधबार सरसफाइ गरिँदै
थानकोट ।
काँधमा मोटर बोकेर थानकोट ल्याइएको ऐतिहासिक पदमार्ग भोलि बुधबार सरसफाइ गरिँदैछ ।
चन्द्रागिरि नगरपालिका वडा नं. ४ थानकोटको आयोजनामा नेपाली सेनाको उपत्यका पृतना तालिम शिक्षालय र चन्द्रागिरि हाइकर्स कम्युनिटीको सहकार्यमा पानीघाट देखि चन्द्रागिरि भञ्ज्याङसम्मको पदमार्ग सफाइ गर्न लागिएको हो ।
कार्यक्रम बिहान ६ः३० बजेबाट गोदाम चुनिखेलस्थित चुनदेवी मन्दिरबाट सुरु हुनेछ ।
२०१३ सालसम्म भीमफेदी-चित्लाङ-चन्द्रागिरि हुँदै थानकोट गोदामचाैरसम्म भरियाले काँधमा मोटर कार बोकेर काठमााडाैं भित्र्याउने गरेका थिए ।
त्रिभुवन राजपथ निर्माण भएसँगै मानिसको काँधमा मोटर कार राखेर बोक्नुपर्ने क्रम भंग भएको थियो ।
मोटर कार बोकेर ल्याइने सडक चन्द्रागिरि नगरपालिकाले गतवर्ष नै थानकोट-चन्द्रागिरि भन्ज्याङ पदमार्ग नामाकरण गरी मर्मतसंभार गरिसकेको छ ।
करिब ३ किलोमिटर लामो सो पदमार्ग चन्द्रागिरि नगरपालिका-४ थानकोट पानीघाटबाट सुरू हुँदै चन्द्रागिरि भन्ज्याङसम्म पुग्नेछ।
काँधमा मोटरकार बोकेर काठमाडाैं ल्याइने गोरेटोलाई पदमार्गमा रूपान्तरण गर्दै चन्द्रागिरि नगर










