महिला साफ च्याम्पियनसीपको फाइनल खेल काठमाडाैं महानगरले तीन स्थानमा प्रत्यक्ष प्रसारण गर्ने
थानकोट ।
काठमाडौं महानगरपालिकाले साफ महिला च्याम्पियनसिप अन्तर्गत आज हुने फाइनल खेल तीन ठाउँमा प्रत्यक्ष देखाउने भएको छ ।
नेपाल र बंगलादेश बीच हुने फाइनल खेल टुँडीखेल, चावहिल गणेशस्थान चौरमा र सानो गौचरणमा प्रत्यक्ष देखाउने महानगरले जानकारी गराएको छ ।
खेल साँझ साढे ६ बजेदेखि सुरु हुनेछ ।
फाइल फोटोः काठमाडाैं महानगरपालिका














