स्थानीय तहको उपनिर्वाचनः कीर्तिपुरमा नेपाली काँग्रेसले तीन वटै पदमा उम्मेदवार टुंगो लगायो
थानकोट ।
मंसिर १६ मा हुने स्थानीय तहको उपनिर्वाचनका लागि नेपाली काँग्रेसले कीर्तिपुर नगरमा रिक्त रहेका तीन वटै पदका लागि उम्मेदवार चयन गरेको छ ।
नेपाली काँग्रेस पार्टीले मेयर पदमा सो पार्टीका नगर सभापति समेत रहेका कृष्णमान डंगोललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
यस्तै, कीर्तिपुर वडा नं. १ मा रिक्त वडाध्यक्षमा नेपाली काँग्रेसबाट इच्छा महर्जन उम्मेदवार बन्ने भएका छन् । वडा नं. ४ राजेन्द्र महर्जनले वडाध्यक्षको टिकट पाएको सो पार्टीका नेता धर्मनन्द श्रेष्ठले जानकारी दिए ।
कीर्तिपुरमा प्रमुख दलहरू नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपाले मेयर तथा वडा नं. १ र ४ को वडाध्यक्षमा यसअघि नै उम्मेदवार तोकिसकेका छन् ।
रास्वपाले भने हालसम्म उम्मेदवार चयन गरिसकेको छैन् ।
उपनिर्वचान अन्तर्गत भोलि मंसिर २ गते उम्मेदवारको मनोनयन दर्ताको तालिका छ ।










