स्थानीय तहको उपनिर्वाचनः कीर्तिपुरमा एकीकृत समाजवादीले माओवादी केन्द्रलाई सघाउने

Thankot Times

थानकोट ।

१६ मंसिरमा हुने उपनिर्वाचन अन्तर्गत काठमाडौंका निर्वाचन हुने स्थानीय तहमा नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच तालमेल हुने भएको छ ।

शनिबार माओवादी उपाध्यक्ष अग्निप्रसाद सापकोटा र एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेबीच चुनावी तालमेलबारे सहमति भएको छ ।

सहमति अनुसार काठमाडौंको कीर्तिपुर नगरपालिकामा मेयर पदमा माओवादी उम्मेदवार प्रा.डा. शिवशरण महर्जनलाई एकीकृत समाजवादीले सघाउनेछ भने काठमाडौं महानगरपालिका-१६ को वडाध्यक्षमा एकीकृत समाजवादीका उम्मेदवार मीनबहादुर मानन्धरलाई माओवादी केन्द्रले सघाउनेछ ।

कीर्तिपुर नगरमा मेयर पदका लागि माओवादी केन्द्र, नेपाली काँग्रेस, नेकपा एमाले र राप्रपाले उम्मेदवार खडा गरेका छन् । 

निर्वाचन कार्यक्रम अनुसार आज उम्मेदवारको मनोनयन दर्ताको तालिका रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *