स्थानीय तहको उपनिर्वाचनः कीर्तिपुरमा उम्मेदवारी दर्ताको क्रम जारी

Thankot Times

थानकोट ।

कीर्तिपुर नगरपालिकाको प्रमुख पदका निम्ति उम्मेदवारको मनोनयन जारी छ।

पछिल्लो विवरण अनुसार कीर्तिपुर नगरको मेयर पदमा नेपाल समाजवादी पार्टी, नयाँ शक्तिका तर्फबाट दिलकुमार महर्जनले उमेदवारी दर्ता गराएका छन् ।

बाबुराम भट्टराई अध्यक्ष रहेको उक्त पार्टीका तर्फबाट आइतबार मनोनयनपत्र दर्ता गराइएको हो ।

आसन्न उपनिर्वाचनका निम्ति आज बिहान १० देखि अपराह्न ५ बजेसम्म उमेदवारको मनोनयनपत्र दर्ता गरिँदै छ ।

स्थानीय तहका रिक्त ४२ पदका निम्ति यही मंसिर १६ गते मतदान हुँदै छ ।

कीर्तिपुरमा डा. नवरथ कुमार बानियाँले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्।

मेयरमा स्वतन्त्रतर्फ उम्मेदवारी दिने उनी पहिलो व्यक्ति बनेका छन्।

तस्बिरः प्रताप महर्जन


Leave a Reply

Your email address will not be published. Required fields are marked *