स्थानीय तहको उपनिर्वाचनः मेयर पदका लागि कीर्तिपुरमा ८ जना स्वतन्त्र उम्मेदवार, मनोनयन जारी
थानकोट ।
मंसिर १६ मा हुने उपनिर्वाचन अन्तर्गत काठमाडौंको कीर्तिपुर नगरपालिकाको मेयर पदका निम्ति अहिले उम्मेदवार दर्ताको कार्य जारी छ ।
आइतबार दिउँसो ३ बजेसम्म कीर्तिपुर नगरमा स्वतन्त्र ८ र दलका तर्फबाट ७ गरी १५ जनाले मनोनयनपत्र दर्ता गराएका छन् ।
यस्तै, कीर्तिपुर-१ को वडाध्यक्ष पदका निम्ति स्वतन्त्र २ र दलका तर्फबाट ५ गरी ७ जनाले उमेदवारी दिएका छन् ।
कीर्तिपुर-४ को वडाध्यक्ष पदका निम्ति स्वतन्त्र ४ र दलका तर्फबाट ६ गरी १० जनाले उमेदवारी दर्ता गराएका पौडेलले बताए ।
उमेदवारी दर्ता कार्य जारी छ ।
निर्वाचन आयोगले आज बिहान १० देखि अपराह्न ५ बजेसम्म उमेदवारको मनोनयनपत्र दर्ताको समय निर्धारण गरेको छ ।










