स्थानीय तहको उपनिर्वाचनः आज उम्मेदवारको विरोधमा उजुरी दिन सकिने

Thankot Times

थानकोट ।

स्थानीय तह उपनिर्वाचनअन्तर्गत आज सोमबार हिजो आइतबार मनोनयन दर्ता गराएका उम्मेदवारको विरोधमा उजुरी दिन सकिने तालिका रहेको छ। 

निर्वाचन आयोगका अनुसार बिहान १० देखि अपरान्ह ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिन सकिने छ भने भोलि मंगलबार अपरान्ह ५ बजेसम्म मनोनयनपत्र र उजुरी उपर जाँचबुझ तथा निर्णय गरी साँझ ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यक्रम छ । 

यस्तै मङ्सिर ५ गते उम्मेदवारको नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र अपरान्ह ३ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको आयोगको भनाइ छ ।

यही मङ्सिर १६ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ ।

जसका लागि आइतबार विभिन्न ४२ पदका लागि चार सय सात जनाको मनोयन पत्र दर्ता भएको छ । यस्तै जिसस प्रमुख पदका लागि पनि ३ जनाको उम्मेदवारी परेको छ । 

कीर्तिपुर नगरपालिका मेयर, वडा नं. १ र ४ वडाध्यक्ष को रिक्त ३ पदमा ४२ जनाको उम्मेदवारी परेको छ ।

कीर्तिपुर १ को वडाध्यक्ष पदमा ९ जना र कीर्तिपुर ४ को वडाध्यक्ष पदमा १३ जनाको उम्मेदवारी

स्थानीय तहको उपनिर्वाचनः कीर्तिपुर नगरको मेयर बन्न ११ स्वतन्त्रसहित २० जनाको उम्मेदवारी


Leave a Reply

Your email address will not be published. Required fields are marked *