स्थानीय तहको उपनिर्वाचनः कीर्तिपुरका ४२ जना उम्मेदवारमाथि कुनै दाबी विरोध परेन

Thankot Times

थानकोट ।

स्थानीय तहको उपनिर्वाचनका लागि कीर्तिपुरमा उम्मेदवारी दर्ता गराएका उम्मेदवारहरूमाथि कुनै उजुरी नपरेको बताइएको छ।

निर्वाचन कार्यक्रम अनुसार सोमबार उम्मेदवारी दर्ता गराएका उम्मेदवारहरूमाथि दाबी विरोध पेश गर्ने तालिका रहेको थियो जहाँ कुनै उजुरी नपरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

कीर्तिपुर १ को वडाध्यक्ष पदमा ९ जना र कीर्तिपुर ४ को वडाध्यक्ष पदमा १३ जनाको उम्मेदवारी

कीर्तिपुरको मेयर पदमा २० जना, कीर्तिपुर वडा नंं १ को वडाध्यक्ष पदमा ९ जना र कीर्तिपुर वडा नं. ४ को वडाध्यक्ष पदमा  १३ जनाको उम्मेदवारी परेको थियो ।

स्थानीय तहको उपनिर्वाचनः कीर्तिपुर नगरको मेयर बन्न ११ स्वतन्त्रसहित २० जनाको उम्मेदवारी

निर्वाचन कार्यक्रम अनुसार भोलि मंगलबार अपरान्ह ५ बजेसम्म मनोनयनपत्र र उजुरी उपर जाँचबुझ तथा निर्णय गरी साँझ ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यक्रम छ ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *