नेपाल प्रिमियर लिग एनपिएलको पहिलो संस्करण आजबाट सुरू हुँदै

Thankot Times

थानकोट ।

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करण आजबाट सुरू हुँदैछ।

त्रिभुवन विश्वबिधालय, कीर्तिपुरस्थित खेल मैदानमा २० दिन चल्ने प्रतियोगिताको औपचारिक उद्घाटन आज हुनेछ ।

एनपीएलको पहिलो उद्घाटन खेल विराटनगर र जनकपुरका बीचमा हुनेछ । जनकपुरका तर्फबाट अनिल शाह कप्तानीमा रहनेछन भने विराटनगर किंग्सको नेतृत्व सन्दीप लामिछानेले गर्नेछन् ।

आजबाट पुस ६ गतेसम्म चल्ने प्रतियोगितामा ८ टोली प्रतिस्पर्धा उत्रदैँछन् ।

जसअनुसार विराटनगर किंंग्स, जनकपुर बोल्ट्स, चितवन राइनोज, काठमाडौं गुर्खाज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुदैँछ ।

यस पटकको लिगमा १६ देशका कम्तीमा ४० खेलाडी एनपिएल खेल्न नेपाल आउने भएपछि यसको चर्चा परिचर्चा अझै बढी हुन पुगेको छ । जसअनुसार भारतीय टोलीका चर्चित खेलाडी शिखर धवनदेखि अस्ट्रेलियाका बेन कटिङसम्म रहेका छन् ।

प्रतियोगिता स्टार स्पोर्टस् टेलिभिजन नेटवर्कबाट प्रत्यक्षप्रसारण हुनेभएपछि यसको चर्चा थप चुलिएको छ ।

नेपाल क्रिकेट संघले प्रतियोगिता सञ्चालन गर्न लागेको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *