नेपाल प्रिमियर लिगः विराटनगरले जनकपुरलाई दियो १२८ रनको लक्ष्य

Thankot Times

थानकोट ।

नेपाल प्रिमियर लिग (एनपीएल)को उद्घाटन खेलमा विराटनगर किंग्स्ले जनकपुर बोल्ट्सविरुद्ध १२८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा गरेको विराटनगर १९ ओभरमा १२७ रनमा समेटिएको छ ।

विराटनगरका लागि गप्टिलले सर्वाधिक ५५ रन बनाए । पहिलो पटक नेपालमा आएर फ्रेन्चाइज लिग खेलेका गप्टिलले ४३ बल खेल्दै ७ चौका र १ छक्का प्रहार गरे ।

जनकपुरका लागि नेपाली स्पीनर ललित राजवंशीले उत्कृष्ट बलिङ गरे । ललितले पनि ४ ओभरमा २८ रन खर्चेर सर्वाधिक ३ विकेट लिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *