पूर्व प्रधानमन्त्री खनाल चीन प्रस्थान

Thankot Times

थानकोट ।

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल चीन प्रस्थान गरेका छन् ।

पूर्व प्रधानमन्त्री खनालसहित पार्टी विदेश विभाग सचिव डा. शंकर खतिवडा पनि चीन प्रस्थान गरेका छन ।

खनाल नेकपा एसका विदेश विभाग प्रमुख पनि हुन ।

उत्तरी छिमेकी मुलुक चीनको निमन्त्रणामा अन्डरस्ट्यान्डिङ चाइना कन्फरेन्स-२०२४ को आठौँ श्रृंखलामा सहभागी हुनका लागि पूर्व प्रधानमन्त्री खनाल साताव्यापी भ्रमणको लागि गएका हुन् ।

नेता खनालले डिसेम्बर १ मा बेइजिङमा चिनियाँ उच्चस्तरीय नेताहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको सो पार्टीले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *