नेत्रहीन टी-२० विश्वकप क्रिकेटः नेपाल सेमीफाइनलमा, फाइनलमा पुग्न पाकिस्तानसँग खेल्दै

Thankot Times

थानकोट ।

पाकिस्तानमा जारी चौथो संस्करणको नेत्रहीन टी-२० विश्वकपमा नेपालले सेमिफाइनलमा स्थान बनाएको छ।

समूह चरणको खेल जित्दै चौथो स्थान ओगट्दै नेपालले सेमिफाइनलमा स्थान बनाएको हो।

नेपाल सन् २०१२ देखि विश्वकपमा सहभागी हुँदै आए पनि सेमिफाइनलमा पुग्न सकेको थिएन। तर योपटक नेपालले इतिहास रच्दै सेमिफाइनलमा पुग्न सफल भएको छ।

खेल आज आइतबार मुल्तानस्थित मुल्तान क्रिकेट स्टेडियममा स्थानीय समय अनुसार बिहान ९ बजे सुरु हुनेछ।

दोश्रो सेमीफाइनलमा श्रीलंकाले बंगलादेशको सामना गर्नेछ । यो खेल मुल्तान क्रिकेट स्टेडियममा स्थानीय समय अनुसार दिउँसो १ बजे सुरु हुनेछ।

प्रतियोगितामा नेपाल, पाकिस्तान, बंगलादेश, श्रीलंका, दक्षिण अफ्रिका र अफगानिस्तान सहभागी छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *