नेपाल प्रिमियर लिग क्रिकेटः आज कर्णाली र चितवन तथा पोखरा र लुम्बिनीबीच खेल हुने

Thankot Times

थानकोट ।

नेपाल प्रिमियर लिग क्रिकेट अन्तर्गत शुक्रबार दुई खेल हुँदैछन्।

दिनको पहिलो खेलमा कर्णाली याक्स र चितवन राइनोज् भिड्नेछन्। यो खेल बिहान ९ बजेबाट सुरु हुनेछ ।

दोस्रो खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्सजर्स खेल्नेछन्। यो खेल दिउँसो १ः१५ बजेबाट सुरु हुनेछ ।

प्रतियोगितामा कर्णाली याक्स जितविहीन छ। उसले अहिलेसम्म दुई खेल खेलिसकेको छ। याक्स पहिलो खेलमा जनपुर बोल्ट्स र दोस्रो खेलमा काठमाडौं गुर्खाजसँग पराजित भएको थियो।

पोखरा एभेन्जर्सले पनि यसअघि खेलेका दुवै खेलमा पराजय ब्यहोरेको छ ।

पहिलो खेल चितवन राइनोजसँग र दोस्रो खेल जनकपुरसँग पोखरा पराजित भएको थियो।

चितवन राइनोजले यसअघि खेलेका दुवै खेल जितेको छ। पहिलो खेलमा काठमाडौं र दोस्रो खेलमा पोखरालाई पराजित गरेको थियो।

लुम्बिनी लायन्सले दोस्रो खेल खेल्दैछ। पहिलो खेलमा ऊ विराटनगर किंग्ससँग पराजित भएको थियो।

कर्णालीमा सोमपाल कामी, चितवनमा कुशल मल्ल, लुम्बिनीमा रोहित पौडेल र पोखरामा कुशल भूर्तेल मार्की खेलाडी छन्।

यस्तो पछिल्लो अंक तालिकाः


Leave a Reply

Your email address will not be published. Required fields are marked *