चन्द्रागिरि हिल्समा सभामुख घिमिरेसहित भीआईपीहरूको जमघट, सचेतकहरूसँग दुईदिने छलफल
थानकोट ।
संसदीय समितिमा विधेयकहरूको चाङ लागेको र अघि बढ्न नसकेको विषयमा सभामुख देवराज घिमिरेले प्रमुख सचेतक र सचेतकहरू तथा संसद सचिवालयका कर्मचारीहरूसँग दुई दिवसीय छलफल गरेका छन् ।
थानकोटस्थित चन्द्रागिरि हिल्समा भएको छलफलमा रोकिएका विधेयकहरूलाई छिटो कसरी पारित गर्ने, संसदको प्रभावकारिता कसरी बढाउने भन्ने विषयमा छलफल भएको नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए ।
‘हामीले यिनै विषयमा दुई दिनमा छलफल गरेका छौँ । अब केही सुधार हुन्छ भन्ने आशा गरेका छौँ,’ उनले भने ।
संसदीय समितिमा गणकपूरक संख्या पुग्न नसकेर बैठकहरू स्थगित गरिएका छन् । आइतबारको शिक्षा समितिको बैठक र २१ मंसिरको पूर्वाधार विकास समितिको बैठक स्थगित गरिएको थियो ।










