बागमती प्रदेश दुग्ध विकास बोर्डको उपाध्यक्षमा हरिप्रसाद पौडेल नियुक्त

Thankot Times

थानकोट ।

बागमती प्रदेश दुग्ध विकास बोर्डको उपाध्यक्षमा हरिप्रसाद पौडेल नियुक्त भएका छन् ।

मंगलबार बसको बागमती प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले चितवन राप्ती नगरपालिका–७ का पौडेललाई उपाध्यक्षमा नियुक्त गरेको हो ।

सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेका अनुसार बैठकले संघीय सरकारअन्तर्गत रहेका निकायका लागि चालु आर्थिक वर्षको बजेट किताबमा भएका योजना कार्यान्वयनका लागि सहमति लिने निर्णय गरेको छ ।

बैठकले चालूतर्फको बजेट खर्चमा २० प्रतिशत रकम खर्च कटौती गर्ने निर्णय गरेको छ ।

विपद्को समयमा अर्थ विविध शिर्षकको बजेट अपुग भएकाले सबै मन्त्रालयको चालू खर्च कटौती गर्ने निर्णय गरिएको मन्त्री लामिछानेले बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *