त्रिदेशीय महिला टी-२० शृङ्खलाः लो स्कोरिङ म्याचमा थाइल्यान्डले नेदरल्यान्ड्सलाई हरायो

Thankot Times

थानकोट ।

काठमाडाैंमा जारी महिला टी-२० शृङ्खलामा थाइल्यान्डले नेदरल्यान्ड्सलाई १७ रनले पराजित गरेको छ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको खेलमा थाइल्यान्डले दिएको ८७ रनको सामान्य लक्ष्य पछ्याएको नेदरल्यान्ड्स १५ दशमलव ५ ओभरमा ६९ रनमा अल आउट भयो।

नेदरल्यान्ड्सका लागि कप्तान बाबेटी डी लिडेले सर्वाधिक २५ रन जोडिन्। आइरिस विलिङले १३ रन जोडिन्। यस्तै,  क्यारोलिन डी ल्यासले १० रन बनाइन्।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको थाइल्यान्डले १९ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै ८६ रनको योगफल बनाएको थियो।

थाइल्यान्डका लागि चानिदा सुत्थीरुआंगले सर्वाधिक २७ रन जोडिन्। फन्नीता मायाले १२ रन जोडिन्।

नेदरल्यान्ड्सका लागि आइरिस विलिङ, इभा लिच, सिल्भर सिर्गेसले समान दुई–दुई विकेट लिए भने इसा बेल भान डरले एक विकेट लिइन्।

नेदरल्यान्ड्सले थाइल्यान्डसँग लगातार दोस्रो हार बेहोरेको हो। यसअघि  नेदरल्यान्ड्समाथि पहिलो भेटमा थाइल्यान्डले आठ विकेटको सानदार जित हासिल गरेको थियो।

सिरिजमा सहभागी टोलीले एकअर्कासँग तीन/तीन पटक खेल्नेछन्। अङ्क तालिकाको शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ।

नेपालले भोलि थाइल्यान्डसँग खेल्ने छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *