नेपाल सुपर लिग फुटबलः धनगढीलाई हराउँदै चितवन प्लेअफमा, काठमाण्डौ बाहिरियो
थानकोट ।
जारी नेपाल सुपर लिग (एनएसएल) फुटबलमा एफसी चितवनले धनगढी एफसीलाई हराएको छ ।
त्रिपुरेश्वरको दशरथ रङ्गशालामा बिहीबार भएको लिग चरणको अन्तिम खेलमा चितवनले धनगढीलाई ३-१ ले हराउँदै प्लेअफमा प्रवेश गरेको हो । जीतसँगै ६ खेलमा १० अङ्क जोडेको चितवन तेस्रो स्थानमा रहेको छ ।

पहिलो हार बेहोरेको धनगढी समान खेलबाट ११ अङ्कका साथ दोस्रो स्थानमा छ ।
यस्तै आठ अङ्क रहेको काठमाण्डौ रेजर्स भने प्रतियोगिताबाट बाहिरिएको छ ।
चौथो स्थानमा रहेको पोखरा थन्डर्ससँग समान आठ अङ्क रहे पनि गोल अन्तरमा पछि पर्दै काठमाण्डौ बाहिरिएको हो ।
नेपाल सुपर लिग (एनएसएल) फुटबलको पहिलो सेमिफाइनलमा शनिबार ललितपुर सिटी एफसी र धनगढी बीच खेल हुनेछ ।












