नेशन्स लिगको उपाधि दोश्रो पटक पोर्चुगलको पोल्टामा, सडेन डेथमा स्पेन ५-३ ले स्तब्ध
थानकोट ।
पुरानो प्रतिद्वन्द्वी स्पेनलाई पेनाल्टी सुटआउटमा ५-३ गोलअन्तरले हराउँदै पोर्चुगलले नेसन्स लिगको उपाधि जितेको छ ।
गएराति म्युनिखमा भएको फाइनलमाको निर्धारित समयको खेल २-२ को बराबरीमा सकिएपछि पेनाल्टी सुआउटबाट विजेता टुंगो लागेको हो ।
जहाँ पोर्चुगलले बाजी मारेको हो । तेस्रो स्थानको लागि आइतबार नै सम्पन्न खेलमा फ्रान्सले जर्मनीलाई २-० गोल अन्तरले पराजित गर्यो ।
सन् २०१९ बाट सुरु गरिएको नेसन्स लिगमा पोर्चुगल दोश्रो पटक च्याम्पियन बनेको हो ।
पोर्चुगल सन् २०१९ मा समेत च्याम्पियन बनेको थियो। स्पेन २०२३ को च्याम्पियन बनेको थियो भने फ्रान्स २०२१ को विजेता हो ।












