थाइल्यान्डको संवैधानिक अदालतले प्रधानमन्त्री पेटोङतार्न सिनावात्रालाई निलम्बन गर्यो

Thankot Times

थानकोट ।

थाइल्यान्डको संवैधानिक अदालतले प्रधानमन्त्री पेटोङतार्न सिनावात्रालाई निलम्बन गरेको छ ।

संवैधानिक अदालतले ७-२ को मतबाट उनलाई निलम्बन गर्ने निर्णय गरेको छ ।

उनलाई आफ्नो बचाउ पेस गर्न १५ दिनको समय दिइएको जनाइएको छ ।

प्रधानमन्त्री सिनावात्राले पूर्वकम्बोडियाली नेता हुन सेनसँग गरेको टेलिफोन कुराकानी चुहावट भएको थियो । त्यसपछि राजीनामा गर्न उनीमाथि दबाब थियो ।

‘लिक’ भएको उक्त क्लिपमा उनले हुन सेनलाई काका भनेर सम्बोधन गरेकी थिइन् । र, एक थाई सैन्य कमान्डरको आलोचना गरेकी थिइन् ।

त्यसपछि थाइल्यान्डमा आक्रोश देखिएको थियो ।

उनलाई बर्खास्त गर्न उजुरी दायर गरिएको थियो ।

यो फैसलासँगै विगत दुई दशकदेखि थाई राजनीतिमा प्रभुत्व जमाएको आफ्नो कार्यकाल पूरा गर्नुअघि सत्ता गुमाउने शक्तिशाली सिनावात्रा वंशको उनी तेस्रो राजनीतिज्ञ बनेकी छन् ।

उनको सत्तारूढ गठबन्धन पहिलेदेखि नै कमजोर बहुमतमा थियो ।

दुई सातअघि एक प्रमुख रूढिवादी सहयोगी दलले गठबन्धन छोडेको थियो ।

प्रधानमन्त्री सिनावात्रा निलम्बितपछि उपप्रधानमन्त्री सुरिया जुङरुन्ग्रुआङकिटले देशको कार्यवाहक नेताका रूपमा सेवा गर्नेछन् । सिनावात्रालाई बर्खास्त गरिए उनी गत वर्ष अगस्तदेखि प्रधानमन्त्री पदबाट हटाइने फियु थाई पार्टीको दोस्रो नेता हुनेछिन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ