नेपाल महिला संघ चन्द्रागिरि नगर अध्यक्षमा इन्द्रावति श्रेष्ठ, सचिवमा ज्योति सिंह अधिकारी विजयी

Thankot Times

थानकोट ।

नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाल महिला संघको चन्द्रागिरि नगर अध्यक्षमा इन्द्रावति श्रेष्ठ चुनिएकी छन् ।

मंगलबार साँझ अबेर सतुङ्गलमा सम्पन्न संघको अधिवेशनले श्रेष्ठको नेतृत्वमा १६ सदस्यीय पदाधिकारीसमेत चयन गरेको छ ।

जसअनुसार उपाध्यक्षमा भवानी अर्याल रेग्मी निर्वाचित भएको बताइएको छ ।

सचिवमा ज्योति सिंह अधिकारी चयन भएकी छन् ।

संघको सदस्यहरूमा क्रमश चमेला खत्री, कमलादेवी सिंह, अजिता रिजाल, पूर्णकुमारी बयलकोटी, संगीता लामा, कल्याणी सुवेदी, लक्ष्मी महर्जन, सतिदेवी गिरी, अन्जु गोपाली, विनिता बस्नेत, सानु महर्जन, ललिता बखती र अन्जना महर्जन सुवाल निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

संघको विधान २०६४ र संशोधन २०७८ अनुसार पदाधिकारी निर्वाचित भएको नेपाली काँग्रेस काठमाडाैं क्षेत्र नं. १० प्रदेश ख का सभापति धर्मनन्द श्रेष्ठले जानकारी दिए । अध्यक्षमा पदमा निर्वाचित श्रेष्ठ हाल नेपाली काँग्रेस चन्द्रागिरि नगर कमिटि उपसभापतिसमेत हुन् । यसअघि नेपाली काँग्रेसका विभिन्न तहका नेताहरूले अधिवेशनको उद्घाटन सत्रमा सहभागीता जनाएका थिए ।

नयाँ नेतृत्व चयनका लागि दिनभर भगिरथ प्रयास भएपनि सहमति जुट्न नसकेपछि पदाधिकारी चयन मतदानबाट टुंगो लगाइएको नेपाली काँग्रेस चन्द्रागिरि नगर कमिटि सचिव नविन महर्जनले बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *