एसीसी यू-१६ इस्ट जोन कप: फाइनलमा नेपालले आज सिंगापुरसँग खेल्दै

Thankot Times

थानकोट ।

मलेसियामा जारी एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधिका लागि आज शनिबार नेपाल र सिंगापुरबीच खेल हुँदैछ ।

स्थानीय यूकेएम वाइएसडी ओभलमा बिहान ७:४५ बजेबाट सुरु हुने फाइनल खेलमा नेपाल अपराजित यात्रालाई उपाधिमा परिणत गर्ने लक्ष्यमा हुने छ।

समूह चरणमा नेपालसँग पराजित भएको सिंगापुरले त्यसपछि सबै खेल जित्दै फाइनल स्थान बनाएको हो। नेपालले सेमिफाइनलमा मलेसियालाई पराजित गरेको थियो भने सिंगापुरले हङकङलाई हराएर फाइनल पुगेको हो।

आजै तेस्रो स्थानका लागि मलेसिया र हङकङबीच खेल हुँदैछ।

गत संस्करणको विजेता नेपालले उपाधि रक्षा गर्ने लक्ष्यका साथ शनिबार मैदान उत्रनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *