नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

Thankot Times

थानकोट ।

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै छ ।

अपरान्ह ४ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा उक्त बैठक बस्न लागेको हो ।

बाढी-पहिरोले पुर्‍याएको क्षति, सरकारको कामकारबाहीसहित समसामायिक राजनीतिक विषयमा छलफल गर्न बैठक डाकिएको सो पार्टीका प्रवक्ता अग्नि सापकोटाले बताएका छन् ।

उनका अनुसार पार्टी संगठनको विषयमा पनि छलफल गर्ने तथा यसअघि सञ्चालन गरिएका अभियानका बारेमा पनि बिहीबार बस्ने बैठकमा समिक्षा गरिने भएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *