विश्व फुटबल वरीयतामा नेपालको स्थान खस्कियो

Thankot Times

थानकोट ।

फिफा विश्व वरीयतामा नेपाल एक स्थान तल झरेको छ ।

विश्व फुटबलको सर्वाेच्च निकाय (फिफा) ले आज सार्वजनिक गरेको वरीयतामा नेपाल एक स्थान तल झरेर १ सय ७६औं स्थानमा पुगेको हो ।

फिफा वरीयतामा सार्क मुलुकका श्रीलङ्का बाहेक सबैको स्थान खस्किएको छ ।

श्रीलङ्का चार स्थान सुधार गर्दै १ सय ९६औं स्थानमा आइपुगेकाे छ ।

भारत ६ स्थान तल झर्दै १ सय ३३, माल्दिभ्स सात स्थान तल झर्दै १ सय ७१, बङ्गलादेश एक स्थान तल झर्दै १ सय ८४, भूटान चार स्थान तल झर्दै १ सय ८६ र पाकिस्तान तीन स्थान तल झर्दै २ सय १औं स्थानमा छन् ।

फिफा वरीयतामा अर्जेन्टिना शीर्ष, स्पेन दोस्रो, फ्रान्स तेस्रो, इङ्ग्ल्यान्ड चौथो र ब्राजिल पाँचौं स्थानमा यथावत् छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *