साफ यु-२० महिला च्याम्पियनशिपः आज नेपाल र बङ्गलादेशबीच खेल हुँदै
थानकोट ।
२० वर्षमुनिको साफ महिला च्याम्पियनशिपमा आज नेपालले आफ्नो दोश्रो खेलमा घरेलु टोली बङ्गलादेशसँग खेल्दैछ ।
बङ्गलादेशको बसुन्धरा किङ्ग्स एरिनामा नेपाली समयअनुसार बेलुका पौने ७ बजे खेल शुरू हुनेछ ।
अस्ति शुक्रबार भएको खेलमा नेपालले भूटानमाथि ६–१ गोलको जीत निकाल्यो ।
यस्तै, घरेलु टोली बङ्गलादेशले पनि आफ्नो पहिलो खेलमा शृङ्खलालाई ९–१ गालले हरायो ।
अङ्क तालिकामा बङ्गलादेश शीर्ष स्थानमा र नेपाल दोश्रो स्थानमा छ ।
दुवै टोलीको समान तीन अङ्क छ ।
प्रतियोगितामा नेपाल, बङ्गलादेश, भूटान र श्रीलङ्का गरी चार वटा देश सहभागी छन् ।
डबल राउन्ड–रोबिनको आधारमा हुने प्रतियोगितामा हरेक टोलीले एकअर्कासँग दुई–दुई पटक प्रतिस्पर्धा गर्नेछन् ।
लिग चरणमा शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्नेछ ।
नेपालले असार ३२ गते र साउन १ गते श्रीलङ्कासँग, साउन ३ गते भूटानसँग, साउन ५ गते बङ्गलादेशसँग खेल्नेछ ।













