प्रचण्डले आज प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै
थानकोट ।
संघीय संसद्को प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले आज सोमबारको प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्ने भएका छन् ।
उनले प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले बैठकमा सम्बोधन गर्ने भएका हुन् ।
प्रचण्डले रसुवा बाढीपहिरो, समसामयिक राजनीतिलगायत विषयमा धारणा राख्ने छन् ।
सोमबारको प्रतिनिधि सभा बैठकमा अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने भएकाले आफ्ना सबै सांसदलाई अनिवार्य उपस्थित हुन नेकपा माओवादी केन्द्रले निर्देश गरेको छ ।












