प्रतिनिधि सभाको बैठक एक साताका लागि स्थगित

Thankot Times

थानकोट ।

प्रतिनिधि सभाको बैठक एक साताका लागि स्थगित भएको छ ।

मंगलबार प्रतिनिधि सभाको बैठक अन्त्य गर्दै सभामुख देवराज घिमिरेले अर्को बैठक आगामी साउन ७ गते बस्ने जानकारी गराए ।

त्यसदिन प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुनेछ ।

मंगलबारको बैठकमा पानी जहाज सञ्चालन सम्बन्धी विधेयकमाथि बिचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गर्ने कार्यसूची थियो । तर, गणपुरक संख्या नपुगेर अगाडि बढ्न सकेन ।

२७५ सदस्यीय सभामा कुनै पनि प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्न एक चौथाइ अर्थात्, ६९ सांसद उपस्थित हुनुपर्छ । तर, सभामा ६१ जना सांसद मात्रै उपस्थित रहेपछि विधेयक अगाडि बढ्न नसकेको हो ।

सभामा माओवादी केन्द्रकी सचेतक रुपा सोशी चौधरीले गणपुरक संख्या यकिन गर्न माग गरेकी थिइन् ।

३ मिनेट घण्टी बजाएर गन्दा ६१ जना मात्रै उपस्थित रहेको थाहा लागेको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *