साउन ३ गतेसम्म चन्द्रागिरि नगरमा राजश्व संकलन बन्द रहने
थानकोट ।
नयाँ आर्थिक वर्षको सुरूवाती ३ दिन चन्द्रागिरि नगरमा राजश्व संकलन सम्बन्धी कार्य स्थगित हुने भएको छ।
गत आइतबार एक सूचना जारी गर्दै नगरले नगरपालिकाको आर्थिक ऐन २०८२ लाई राजश्व सफ्टवेयरमा अद्यावधिक गर्ने प्रयोजनका लागि सो अवधिभर नगरपालिका कार्यालय तथा मातहतका वडाहरूमा राजश्व सम्बन्धी सेवा प्रवाह बन्द हुने जनाएको छ ।
चन्द्रागिरि नगरको आर्थिक वर्ष २०८२ को बजेट असार ३० गते सोमबार पारित भएको थियो ।














