च्यासलमा एमाले सचिवालय बैठक

Thankot Times

थानकोट।

नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक केहीबेरबाट सुरु भएको अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जानकारी दिएको छ । बैठकमा पार्टीको विधान महाधिवेशनको एजेण्डामा आजदेखि औपचारिक छलफल सुरू हुँदैछ ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार साउन २ र ५ गते बस्ने पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकको तयारीका लागि सचिवालय बैठक बोलाइएको हो ।

एमालेले आगामी भदौ २०, २१ र २२ गते ललितपुरको गोदावरीमा दोस्रो विधान महाधिवेशन गर्ने निर्णय गरेको छ ।

त्यसैको तयारीका लागि सचिवालय, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक बोलाइएको गौतमको भनाइ छ ।

बैठकमा राजनीतिक, सांगठनिक र विधान संशोधन प्रस्ताव पेस हुनेछन् ।

राजनीतिक प्रतिवेदन प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओली, सांगठनिक प्रतिवेदन महासचिव शंकर पोखरेल र विधान संशोधन प्रस्ताव उपाध्यक्ष विष्णु पौडेलले प्रस्तुत गर्ने एमालेले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *