साफ यू-२० महिला च्याम्पियनसिपः भुटानविरुद्ध नेपालको शानदार जित
थानकोट।
बंगलादेशमा जारी दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू–२० महिला च्याम्पियनसिप अन्तर्गत शनिबार सम्पन्न खेलमा नेपालले भुटानविरूद्ध ९–० गोलको जित निकालेको छ ।
ढाकास्थित किङ्स एरेनामा भएको खेलमा नेपालले भुटानलाई पराजित गर्दै अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ । नेपालको जितका लागि पूर्णिमा राई र मीना देउवाले ह्याट्रिक गरे भने समीक्षा मगर र कुशुम खतिवडाले समान एक गोल गरे ।
आयोजक बंगलादेशसहित भुटान, श्रीलंका र नेपाल सम्मिलित प्रतियोगितामा डलब राउन्ड रोबिनको आधारमा खेल भइरहेको छ । नेपालले श्रीलंकासँग दुई खेल खेलिसकेको छ भने दुवै खेलमा नेपाल ७–० गोलले विजयी भएको थियो ।
नेपालले ६ खेलबाट १२ अंक बटुलेको छ । तीन खेल खेलेको घरेलु टोली बंगलादेशको ९ अंक छ ।
नेपालले सोमबार बंगलादेशसँग खेल्नेछ ।













