साफ यू-१७ च्याम्पियनसिपको ड्र सार्वजनिक, नेपाल समुह ए मा

Thankot Times

थानकोट ।

साफ यू-१७ च्याम्पियनसिपमा नेपाल समूह ‘ए’ मा परेको छ ।

आइतबार दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले सार्वजनिक गरेको समूह तालिकामा नेपालसँगै समूह ‘ए’मा आयोजक श्रीलंका र बंगलादेश छन् ।

समूह ‘बी’मा भुटान, भारत, माल्दिभ्स र पाकिस्तान छन् ।

दक्षिण एसियाका सात राष्ट्र समिलित प्रतियोगिता आगामी भदौ ३० देखि असोज ११ गते (सेप्टेम्बर १५ देखि २७) सम्म श्रीलंकामा हुने तय भएको छ ।

सबै खेल श्रीलंकाको कोलम्बो शहरमा हुने तालिका छ ।

प्रतियोगिता लिग कम नकआउट प्रणलीमा सञ्चालन हुनेछ ।

प्रतियोगितामा जम्मा १२ खेल हुनेछन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *