धुनिवेशीमा सिमेन्ट बोकेको ट्रक दुर्घटना, चालकको मृत्यु

Thankot Times

थानकोट ।

गएराति धादिङमा सिमेन्ट बोकेको ट्रक दुर्घटना भएको छ ।

काठमाडौंतर्फ आउँदै गरेको सिमेन्ट बोकेको ट्रक धुनीबेशी–९ सिक्रेखोलामा सडकबाट तल खस्दा दुर्घटना भएको हो उक्त गाडीमा ३ जना सवार रहेको जनाइएको छ।

दुर्घटनामा ट्रक चालकको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।

गाडीमा सवार एक महिला र एक बालबालिका सकुशल रहेको प्रत्यक्षदर्शीले जनाएका छन् ।

यस दुर्घटनाका बारेमा थप विवरण प्राप्त हुन बाँकी रहेको छ ।

तस्बिर स्रोतः विक्रम थापा


Leave a Reply

Your email address will not be published. Required fields are marked *