युएईविरुद्ध टी-२०आई खेल्ने नेपाली टोली घोषणा, दीपेन्द्रले कप्तानी गर्ने, रोहित टोलीमा परेनन्

Thankot Times

थानकोट ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आगामी सोमबार र मंगलबार हुने युएईसँगको टी-२०आई शृंखला खेल्ने नेपाली टोलीको घोषणा भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले दीपेन्द्रसिंह ऐरीको कप्तानीमा नेपाली टोलीको घोषणा गरेको हो ।

टी-२०आई टोलीमा कुशल मल्ल र अर्जुन साउदले पुनरागमन गरेका छन् । मल्लले टी-२० विश्वकप एसिया छनोटमा पछिल्लो पटक खेलेका थिए । साउदले सन् २०२२ मा केन्याविरुद्ध खेलेका थिए ।

यस्तै सन्तोष यादव र हेमन्त धामी पनि टी-२०आई टोलीमा स्थान बनाएका छन् ।

दुवैले डेब्यू गर्न बाँकी छ ।

क्यानले टी-२०आई टोलीको कप्तानी दीपेन्द्रले तथा ओडिआई टोलीको कप्तानी रोहित पौडेलले गर्ने जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *