नेपाली बजारमा सुनचाँदीको मूल्य बढ्यो

Thankot Times

थानकोट ।

यस साताको पहिलो कारोबार दिन आज आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको भाउ अघिल्लो कारोबार दिनको तुलनामा तोलामा १ हजार २ सय रुपैयाँले बढेको हो ।

महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ३ लाख १ हजार रुपैयाँ कायम गरिएको छ ।

यसअघिको कारोबार दिन गत शुक्रबार सुनको मोल प्रतितोला दुई लाख ९९ हजार ८ सय रुपैयाँ थियो ।

आज चाँदीको भाउ तोलामा ९५ रुपैयाँले बढेर प्रतितोला पाँच हजार २ सय २५ रुपैयाँ कायम भएको छ ।

गत शुक्रबार चाँदी सोही परिमाण पाँच हजार १ सय ३० मा कारोबार भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *