टी-२०आई सिरिजः नेपाल र यूएईबीच आज पहिलो खेल हुँदै

Thankot Times

थानकोट ।

नेपाल र यूएईबीच टी-२०आई सिरिज अन्तर्गत आज सोमबार पहिलो खेल हुँदैछ ।

त्रिवि क्रिकेट मैदानमा हुने खेल साँझ ५ बजेदेखि सुरु हुनेछ ।

नेपालमा पहिलोपटक रातको समयमा अन्तर्राष्ट्रिय खेल हुन लागेको हो ।

यस शृंखलाअघि नेपाली टोलीमा उल्लेख्य परिवर्तन भएको छ ।

कप्तानसहित केही अनुभवी र नियमित खेलाडी पनि टी-२०आई टोलीबाट हटाइएका छन् ।

नयाँ कप्तान दीपेन्द्रसिंह ऐरी रहेका छन् ।

यस्तै यूएईको टोलीमा पनि भारतबाट बसाइ सरेर मापदण्ड पूरा गरेका केही नयाँ खेलाडीहरू समावेश भएको चर्चा छ ।

कप्तान भने मुहम्मद वासीम नै रहेका छन् ।

नेपाल र यूएई हालसम्म टी-२०आईमा ११ पटक भिडेका छन् जहाँ नेपाल ६ अनि यूएई ५ पटक विजयी भएका छन् । कीर्तिपुरमा भने एकमात्र खेल भएको छ जुन् यूएईले जितेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *