नेपाली बजारमा सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

Thankot Times

थानकोट ।

नेपाली बजारमा आज मंगलबार सुनको मूल्य बढेको छ ।

यसदिन सुनको भाउ तोलामा एक हजार तीन सय रुपैयाँले बढेर तीन लाख एक हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो सोमबार सुन तोलाको दुई लाख ९९ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य घटेको छ ।

मंगलबार चाँदी तोलामा ३० रुपैयाँले घटेर पाँच हजार १ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

हिजो सोमबार चाँदी तोलाको पाँच हजार १ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *