महिला साफका लागि ३५ खेलाडी प्रारम्भिक छनोट सूचीमा

Thankot Times

थानकोट ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले भारतको गोवामा मे २५ देखि जुन ७ तारिखसम्म आयोजना हुने साफ महिला च्याम्पियनसिप–२०२६ को तयारीका लागि ३५ सदस्यीस्य प्रारम्भिक खेलाडी टोली छनोट गरेको छ ।

एन्फाले प्रतियोगिताका लागि हाल ३५ खेलाडीको नाम दर्ताका लागि पठाएको हो ।

खेलाडीको दर्ता प्रक्रिया अप्रिल २६ तारिखभित्र गरी सक्नुपर्ने प्रावधान रहेको छ ।

एन्फाले मङ्गलबार सार्वजनिक गरेको प्रारम्भिक टोलीमा अञ्जिला तुम्बापो सुब्बा, अञ्जना रानामगर, उषा नाथ, गिता राणा, समिक्षा घिमिरे, विमला विक, निशा थोकर, पूजा राना, प्रतिक्षा चौधरी, हिरा भुजेल, मनमाया दमाई, रेनुका नगरकोटे, सरस्वती हमाल, प्रीति राई, दीपा शाही, सरु लिम्बू, रेखा पौडेल, रश्मिकुमारी घिसिङ, मीना देउवा, पूर्णिमा राई, अनिता बस्नेत, वर्षा ओली, जेनिफर रानामगर, अनिता लम्जेल, सजनी थोकर, अस्मिता नेपाली, सुशीला कुमारी चौधरी, नेहा कुमारी चौधरी, सुक्रिया मिया, सवीना चौधरी, विर्सना चौधरी, अनिता केसी, पुनम चेमजोङ, सेनु परियार र विमला चौधरी छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *