नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट

Thankot Times

थानकोट ।

नेपाली स्थानीय बजारमा आज बुधबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट भएको छ ।

यसदिन सुनको मूल्य प्रतितोला ८ सय र चाँदी प्रतितोला ३० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ५ हजार र त्यति नै परिमाणको चाँदीको मूल्य ५ हजार १ सय ३० रुपैयाँ कायम भएको छ ।

हिजो (मंगलबार) छापावाल सुनको मोल प्रतितोला ३ लाख १ हजार ३ सय रुपैयाँ र त्यति नै परिमाणको चाँदी ५ हजार १ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *