एकदिवसीय क्रिकेटः ओमानमाथि नेपाल ‘ए’ टोलीको सानदार जित

Thankot Times

थानकोट ।

नेपालको ए राष्ट्रिय क्रिकेट टोलीले ओमानविरूद्धको दोस्रो एकदिवसीय खेलमा ११५ रनको सानदार जित निकालेको छ।

माथिल्लो मुलपानी शुक्रबार भएको खेलमा नेपालले दिएको २८५ रनको लक्ष्य पछ्याएको ‌ओमान ३६.३ ओभरमा १६९ रनमै अलआउट हुन पुग्यो।

उसका लागि मुजिबुर अलीले सर्वाधिक ४३ रन बनाए।

बलिङमा नेपालका युवराज खत्रीले ३ विकेट लिन सफल भए। उनले ६ ओभरमा १ मेडन राख्दा १६ रन मात्र दिए। हेमन्त धामी, आकाश चन्द र शेर मल्लले २-२ विकेट लिन सफल भए।

त्यसअघि टस जितेको ओमानले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ७ विकेटको क्षतिमा २८४ रन बनायो।

नेपालका लागि देव खनालले ९५ बलमा ५ चौकाको मद्दतमा ६४ रन,  इशान पाण्डेले ७८ बलमा ६ चौकाको मद्दतमा ६९ रन, कुशल मल्लले ३२ बलमा ४ चौका र ४ छक्काको मद्दतमा ५७ रन तथा सन्दीप जोराले २६ बलमा ३ चौका र ३ छक्काको मद्दतमा ४२ रन जोडे।

ब्याटिङ र बलिङ दुवै क्षेत्रमा उत्कृष्ट प्रदर्शन गरेको नेपालले शुक्रबार मूलपानीस्थित माथिल्लो क्रिकेट मैदानमा भएको खेलमा जित निकाल्दै दुई खेलको शृङ्खला १–१ को बराबरीमा गरेको हो ।

ओमानले लिग–२ अन्तर्गत सोमबार यूएई र बुधबार नेपालको राष्ट्रिय टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *