आईसीसी महिला टी-२० च्यालेन्ज ट्रफी क्रिकेटः नेपालको दोश्रो हार, भानुआतु २२ रनले विजयी

Thankot Times

थानकोट ।

आईसीसी महिला टी–२० च्यालेन्ज ट्रफी क्रिकेटमा नेपाल भानुआतुसँग २२ रनले पराजित भएको छ ।

भानुआतुले दिएको ९८ रनको लक्ष्य पछ्याएको नेपाल १५ ओभर ३ बलमा ७५ रन बनाउँदा अलआउट भयो ।

नेपालकी सम्झना खड्काले २४ रन बनाइन् ।

भानुआतुका भेनेसा विरा र नसिमना नावाइकाले ३/३ विकेट लिए ।

यसअघि रुवान्डामा टस जितेर ब्याटिङ गरेको भानुआतुले २० ओभरमा ५ विकेट गुमाएर ९७ रन बनायो ।

भानुआतुकी भ्यालेन्टा लाङ्गियातुले ४२ रन बनाइन् ।

नेपालकी रिया शर्माले २ विकेट लिइन् ।

प्रतियोगितामा नेपालको यो चौथो खेल हो । पहिलो खेलमा अमेरिकासँग ४४ रनले पराजित भएको नेपालले दोस्रो खेलमा इटालीलाई ५० रन र तेस्रो खेलमा घरेलु टोली रुवान्डालाई २ विकेटले हराएको थियो ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले पहिलो पटक आयोजना गरेको प्रतियोगितामा आयोजक रुवान्डासहित नेपाल, अमेरिका, इटाली र भानुआतु सहभागी छन् ।

सबै टोलीले एकअर्कासँग दुई पटक खेल्नेछन् ।

अङ्क तालिकाको शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ ।

प्रतियोगिता वैशाख १८ गतेसम्म चल्नेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *