सुनचाँदीको मूल्य घट्यो

Thankot Times

थानकोट ।

नेपाली बजारमा आज मंगलबार सुनचाँदीको मूल्य घटेको छ ।

आज सुन तोलामा तीन हजार रुपैयाँले घटेर दुई लाख ९७ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार सुन तोलामा तीन लाख पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ ।

आज चाँदी तोलामा १ सय रुपैयाँले घटेर चार हजार ९ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ  ।

हिजो सोमबार चाँदी तोलामा पाँच हजार ४५ रुपैयाँमा कारोबार भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *