याम्बालिङ हाइड्रोपावरको आईपीओ बिक्री खुला, वैशाख २२ गतेसम्म आवेदन दिन सकिने

Thankot Times

थानकोट ।

याम्बालिङ हाइड्रोपावर लिमिटेडले आज (वैशाख १६) देखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुला गरिसकेको छ ।

कर्मचारी तथा सामूहिक लगानी कोषलाई सेयर छुट्याएर सर्वसाधारणका लागि कम्पनीले आईपीओ ल्याएको हो ।

कम्पनीले सर्वसाधारणका लागि १७ करोड ४३ लाख रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको हो ।

जसअनुसार १०० रुपैयाँ अंकित दरका कुल १७ लाख ४३ हजार कित्ता सेयर जारी गरिएको छ ।

सर्वसाधारणले यो आईपीओमा न्यूनतम १० देखि अधिकतम २१ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । आवेदन नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरबाट दिन सकिनेछ ।

याम्बालिङ हाइड्रोपावरको आईपीओ बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।आईपीओमा निष्कासन बन्द छिटोमा वैशाख २२ गते र ढिलोमा वैशाख ३० गतेपछि हुनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ