आईसीसी महिला च्यालेन्ज ट्रफी: नेपाल उपाधि होडबाट बाहिरियाे
थानकोट ।
आईसीसी महिला टी-२० च्यालेन्ज ट्रफी क्रिकेटमा नेपालले भानुआतुमाथि ८३ रनको जित निकालेको छ।
रवान्डाको किगालीमा बिहीबार नेपालले दिएको १३३ रनको पछ्याएको भानुआतु १६.४ ओभरमा ४९ रनमै अलआउट भयो।
जितका बाबजुद् नेपाल उपाधि होडबाट नेपाल बाहिरिएको छ ।
बिहीबार भएको खेलमा अमेरिकाले इटालीलाई हराएसँगै नेपाल उपाधि होडबाट बाहिरिएको हो ।
अमेरिकाले एक खेलअघि नै उपाधि पक्का गरेको छ ।
अमेरिका ७ खेलमा १२ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ ।
इटाली ७ खेलमा ६ अङ्कसहित चाैथाे स्थानमा छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले पहिलो पटक आयोजना गरेको प्रतियोगितामा आयोजक रुवान्डासहित नेपाल, अमेरिका, इटाली र भानुआतु सहभागी छन् ।










