सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो

Thankot Times

थानकोट ।

नेपाली बजारमा आइतबार (वैशाख २०) सुनको मूल्य घटेको छ ।

सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन एक तोला छापावाल सुन किन्न ग्राहकले दुई लाख ९५ हजार १ सय रुपैयाँ खर्च गर्नुपर्नेछ ।

अघिल्लो दिन छापावाल सुन प्रतितोला दुई लाख ९६ हजार १ सय रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्य भने तोलामा ६५ रुपैयाँले बढेको छ ।

चाँदी प्रतितोला पाँच हजार १० रुपैयाँमा खरिद-बिक्री भइरहेको महासंघले जनाएको छ ।

अघिल्लो दिन चाँदी प्रतितोला चार हजार ९ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *