आईसीसी क्रिकेट विश्वकप लिग-२: क्यानले घटायो टिकटको मूल्य
थानकोट ।
नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत जारी शृंखलाको अन्तिम खेलका निम्ति टिकटको मूल्य घटाएको छ ।
सोमबार (वैशाख २१) सूचना जारी गर्दै क्यानले मंगलबार (वैशाख २२) हुने नेपाल र ओमानबीचको खेलका निम्ति प्रतिटिकटको मूल्य २०० रुपैयाँ निर्धारण गरिएको जानकारी दिएको हो ।
टिकटको मूल्य यसअघि ४०० रुपैयाँ थियो ।
लिग–२ मा नेपाल २३ खेलबाट १६ अंकका साथ सातौँ स्थानमा छ ।
नेपालले सात जित र १४ हारको नतिजा निकालेको छ ।
दुई खेल भने रद्द भएको थियो ।
यस्तै, मे १२ देखि सुरु हुने नेपाल, स्कटल्यान्ड र अमेरिकाबीचको शृंखलाका निम्ति पनि प्रतिटिकटको मूल्य २०० रुपैयाँ तोकिएको छ ।










