नागढुङ्गा सुरुङमार्ग निर्माण अन्तिम चरणमा

Thankot Times

थानकोट ।

नागढुङ्गा सुरुङमार्ग निर्माण अन्तिम चरणमा पुगेको छ ।

आयोजनाको भौतिक प्रगति झन्डै ९९ प्रतिशत पूरा भई सञ्चालनका लागि हस्तान्तरण गर्ने तयारी भएको आयोजना निर्देशक सौजन्य नेपालले जानकारी दिए ।

सुरुङमार्ग सञ्चालनका लागि चिनियाँ कम्पनी युसिन–एआरटी जेभीलाई ५ वर्षको ठेक्का दिइएको छ ।

४२ महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएकोमा विभिन्न कारणले चार पटक म्याद थपिँदा थप ३६ महिना समय लागेको उनको भनाइ छ ।

झन्डै २२ अर्ब रुपैयाँ लागत अनुमानमध्ये १६ अर्ब निर्माण र ६ अर्ब जग्गा अधिग्रहणमा खर्च भएको छ भने वित्तीय प्रगति ९६ प्रतिशत पुगेको छ ।

२ दशमलव ६८८ किलोमिटर लामो यस सुरुङमार्गमा दुई वटा छुट्टाछुट्टै सुरुङ निर्माण गरिएका छन् – एउटा गाडी आवतजावतका लागि र अर्को आपत्कालीन उद्धारका लागि ।

दुवै सुरुङ हरेक ३७५ मिटरमा आपसमा जोडिएका छन् ।

मुख्य सुरुङ ११ मिटर चौडा रहेको छ जसमा दुई लेन र बीचमा डेढ मिटरको दूरी छुट्याइएको छ ।

सुरुङमार्ग सञ्चालनपछि वार्षिक झन्डै ३५ करोड रुपैयाँ राजस्व उठ्ने अनुमान छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *