आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२: नेपाल र ओमानबीच आज प्रतिस्पर्धा हुँदै

Thankot Times

थानकोट ।

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग– २ अन्तर्गत नेपाल, ओमान र यूएईबीचको त्रिकोणात्मक सिरिजको अन्तिम खेल आज हुँदै छ । अन्तिम खेलमा आज नेपाल र ओमान भिड्दै छन् ।

नेपाल र ओमानबीचको खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज बिहान ९:३० बजेबाट हुनेछ ।

सिरिजको अघिल्लो खेलमा नेपाल ओमानसँग पराजित भएको थियो । त्यसैले नेपाल बदलासहितको जितका साथ सिरिजको अन्त्य गर्ने लक्ष्यमा छ ।

सिरिजमा यूएईसँगका दुई खेलमा भने नेपाल विजयी भएको छ ।

आठ राष्ट्र सामेल लिग– २ मा नेपाल सातौँ स्थानमा छ भने ओमान तेस्रो स्थानमा छ । लिग– २ का चार टोली विश्वकप छनोटमा प्रवेश गर्नेछन् ।

नेपालले यो सिरिजपछि १२ मेबाट अर्को सिरिज सुरु गर्नेछन् ।

जसमा नेपालले अमेरिका र स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *